गोरखा। २०७८ सालको एसईइ परिक्षामा मनिकाले नेपालकै ४२ जना मध्येमा पर्न सफल भई गोरखा जिल्लाको प्रतिष्ठा बढाएकी हुन्। गोरखामा सामुदायिक तथा संस्थागत बिद्यालयबाट ४ जिपिए ल्याउने पहिलो परिक्षार्थी भएको द ओल्डक्यापिटल माबिकाप्रिन्सिपल जनक केसीले जानकारी दिए । गोरखा जिल्लाबाट ४८२९ जना सहभागी भएका थिए भने साधारण तर्फ ४७५५ प्रबिधिकतर्फ ७४ जनाले एसईई दिएका थिए । एसईई परिक्षामा गोरखामा साधारण तर्फ औसत जिपिए २.३७ प्रबिधिक तर्फ औसत जिपिए२.६३ रहेता पनि साधारण तर्फ ३७ जनाले ए प्लास ल्याएका छन् । प्रबिधिक तर्फ दुई जनाले ए प्लास ल्याएका छन् । द ओल्डक्यापिटल माबिले बताए अनुसार मनिका सिर्मल मिहिनेती , अनुशासित , एक्स्ट्रा ट्यालेन्ट भएकाले सोचे जस्तै नतिजा आएकोबताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.