राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुन्छ : महानगर प्रमुख दाहाल

राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुन्छ : महानगर प्रमुख दाहाल

  • बुधबार, भाद्र ८ २०७९

भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुने बताएकी छन । पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको समुद्धाटन गर्दै प्रमुख दाहालले राप्तीको तटबन्धनको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालिन रुपमा समधान हुने उल्लेख गरिन्।

नारायणी तटबन्धको काम ४ वटा प्याकेजमा ठेक्का भई काम सुरु भएकाले अब राप्ती नदी नियन्त्रणको लागि महानगरपालिका अगाडि बढेको मेयर दाहालको भनाई छ । राप्ती नदी नियन्त्रणको काम भएपछि पश्चिम चितवनका नागरिकको ४० औँ वर्षदेखि समधान हुन नसकेको समस्या समधान हुने उनको तर्क थियो ।

पश्चिम चितवन भरतपुरको विकास केन्द्र बनेको छ,उनले भनिन्,‘विकासको मोडल हेर्न भरतपुर आउने क्रम बढेको छ । विकासको कामलाई चुस्त बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।’मेयर दाहालले संघले साना–ठूला निर्माणको काम गरेर गुणस्तरीय सेवा प्रवाह गरेको बताउदै संघलाई महानगरपालिकाले आवश्यक सहयो गर्ने बताइन् ।प्रमुख दाहालले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्ने परिपाटीको विकास गर्दै अगाडि बढ्न सुझाव दिइन् । महानगरले विगत ५ वर्षमा व्यवस्थित र ठूला सडक सञ्जाल निर्माणमा गरी चमत्कारिक फड्को मारेको उनको भनाई थियो । पश्चिम चितवनको कृषि क्षेत्रमा अधुनिकीकरण गर्न विभिन्न अनुदानको कार्यक्रमका साथै सिंचाईका लागि सयौँको संख्यामा स्यालो टियुवेल तथा डिप बोरिङ वितरण गरिएको जानकारी दिइन्।

प्रमुख दाहालले सिंचाईको प्रयोग गरी सुख्खा जमिनमा १२ महिना खेती गर्न सक्ने बनाइएकाले अधिकतम उत्पादन वृद्धि गर्न कृषकहरुलाई आग्रह गरिन् । कार्यक्रममा वडा न २५ का अध्यक्ष छविलाल सापकोटाले व्यवसायीक संघले पश्चिम चितवन क्षेत्रमा उत्कृष्ठ काम गरी यस क्षेत्रका उपभोक्ताहरूको मन जित्न सफल भएको बताइन्। संघलाई वडा कार्यालयको तर्फबाट स्वरोजगार व्यावसायीहरूको क्षमता विस्तारमा सक्दो सहयो गर्ने प्रतिवद्धता व्यक्त गरिन्। कार्यक्रममा भवन निर्माणमा  सहयोग पु¥याउने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष धनिराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.