Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकी प्रदेशमा ओली समुहका १०९ केन्द्रीय सदस्य थपिए

loading views..
Nepal Telcome

काठमाडौं। मंगलबार ओली समूहले घोषणा गरेको ११९९ सदस्यीय दशौं महाधिवेशन आयोजक समितिमा गण्डकी प्रदेशबाट १०९ जना नयाँ अनुहार थपिएका छन्। ओलीले आगामी मंसीरमा महाधिवेशन गर्ने तालिकासहित नयाँ आयोजक समिति बनाएका हुन्।

ओलीले घोषणा गरेको आयोजक समितिको औपचारिक नामावली प्रकाशित भइसकेको छैन। १००३ जनाको नाम टुंगिएको जानकारी गराइए पनि ती नाम कुन–कुन हुन् भन्नेबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त भइसकेको छैन। तर, अनौपचारिक स्रोतबाट नेताहरुको नाम सार्वजनिक भइरहेको छ।

गण्डकी प्रदेशमा थपिएका १०९ जनाको नाममा प्रदेशका मन्त्री, संघीय सांसददेखि पार्टीको जिल्ला कमिटीमा रहेका नेताहरुसम्मको नामावली छ। त्यस्तै कतिपय नामबारे स्वयं नेताहरु नै अन्यौलमा छन्। बादल समूहका केही नेताहरुको नाम पनि १०९ को सूचिभित्र देखिएको छ। यी हुन् गण्डकीका १०९ नयाँ अनुहार।

१. कास्की

कृष्ण थापा, राजीव पहारी, मीना गुरुङ, रश्मी आचार्य, पुण्य पौडेल, दामोदर बैरागी, वेदबहादुर गुरुङ, पुष्पा केसी भण्डारी, विद्या भट्टराई, प्रभा कोइराला, दिलिपविक्रम शाही, बालकृष्ण काउछामगर, युवराज पौडेल, माधव बास्तोला, तेजनारायण अधिकारी, मनुमाया खत्री, अर्जुन सुनाम, मीत्रकुमारी गुरुङ, मीनाकुमारी गुरुङ, केसबहादुर केसी, दलबहादुर गुरुङ, क्या.लालकाजी गुरुङ, लोचन अधिकारी, सिर्जना शर्मा, प्रेम न्यौपाने र मनबहादुर गुरुङ।

२. मुस्ताङ

चन्द्रमोहन गौचन, प्रेम तुलाचन, कृष्ण गौचन, छिरिङ ल्हामो गुरुङ, टासी साङ्गो गुरुङ र शर्मिला गुरुङ।

३. मनाङ

ओली समूहमा लमजुङबाट ३ जना नेताहरु केन्द्रीय समितिमा परेका छन्। केन्द्रीय समितिमा पर्ने नेताहरुमा पोल्देन छोतेन गुरुङ, त्रिपल पी गुरुङ र शान्तमाया परियार रहेका छन्।

४. लमजुङ

धनञ्जय दवाडी, टुका हमाल, भीष्म अधिकारी, जमिन्द्रमान घले, लक्ष्मी अधिकारी, गुमानसिंह अर्याल, प्रेम घले, गोवर्द्धन गौली, महेन्द्रलाल श्रेष्ठ, दीपा गुरुङ, फूलबहादुर गुरुङ र बमबहादुर थापा।

५. तनहुँ

टुकराज सिग्देल, केदार सिग्देल, श्रीप्रसाद श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, भगवती न्यौपाने, सविता रसाइली, रामचन्द्र पाध्या, शेषमणि आचार्य र दधिराज सुवेदी।

६. गोरखा

गोरखाबाट ७ नेता केन्द्रीय समितिमा परेका छन्। तिनीहरुमा प्रेम गुरुङ, कृष्ण नेपाली, बाबुराम थापा, सम्झना देवकोटा, कमल दानी, यादव बस्नेत र सुरेन्द्र थापा रहेका छन्।यद्यपि यादब बस्नेतले यसको खण्डन गरेका छन्।

७. स्याङ्जा

सूर्यप्रसाद गैह्रे ‘पारस’, मीनप्रसाद गुरुङ, चक्र पराजुली, मोहन रेग्मी, सीमा क्षेत्री, पुण्य भुसाल, खिम थापा, मुक्ति पाठक, नारायण मरासिनी, सुधिर पौडेल, देवी थापामगर, देवी थापा क्षेत्री, तारा शर्मा र ताज मोहम्मद मिया।

८. पर्वत

विकास लम्साल, पदम गिरी, मनोहर विश्वकर्मा पौडेल, प्रेम लामिछाने, मेघनाथ सुवेदी, कल्पना चापागाईं, रामु गिरी र यज्ञ सुवेदी।

९. बागलुङ

जनक पौडेल, श्रीप्रसाद शर्मा, टेकबहादुर केसी, ममता शर्मा, गीता शर्मा, नरबहादुर थापा, भीमप्रसाद शेरचन ‘सुनील’, डा. सूर्य पाठक, हिरा केसी र मोहनलाल शर्मा।

१०. म्याग्दी

म्याग्दीबाट जम्मा ४ जना नेताहरु केन्द्रीय समितिमा परेका छन्। तिनीहरुमा नरदेवी पुन, नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ र सन्तोष रावल छन्।

११. नवलपुर

नवलपुरबाट रोशन गाहामगर, चन्द्रमणि खराल, जीवन श्रेष्ठ, दीपक अधिकारी, जनकलाल श्रेष्ठ, चन्द्रा पुन, पद्मा जिसी श्रेष्ठ, कृष्ण घिमिरे र घनश्याम कोइराला छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link