Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

संविधान दिबसकाे अबसरमा लियाे क्लब गाेरखाद्वारा खुला दाैड प्रतियाेगिता

loading views..
Nepal Telcome

ग‍ोरखा।संविधान दिबसकाे अबसर पारेर लियाे क्लब अफ गाेरखले खुला दाैड प्रतियाेगिता गरेकाे छ । स्वास्थ्य लागि खेलकुद राष्टकाे लागि खेलकुद भन्ने मुल नाराका साथ याे कार्यक्रम आयाेजना गरिएकाे लियाे क्लब गाेरखाका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए । लक्ष्मीबजारकाे प्रतिक्षालय देखि गाेरखा बजारकाे पुरानाे बसपार्क सम्म भएकाे खुला दाैड प्रतियाेगितामा नबराज गुरुङले  १८ मिनेट ५१ सेकेण्डमा दुरी पार गरि प्रथम स्थान हासिल गरेका छन् । द्वितिया स्थान निरज भट्टा १९ मिनेट १३ सेकेण्ड, तितृया स्थान सन्दिप ढकाल१९ मिनेट ३२ सेकेण्ड, र श्याम मग्रती १९ मिनेट ५३ सेकेण्ड दुरी पार गर्दै शान्त्वना हात पार्न सफल भएका हुन् ।  बिजेता खेलाडीहरुलाई क्रमश ५०००,३०००,२०००,१००० नगद सहित मेडल र प्रमाण पत्र बितरण गरिएकाे छ । बालकृष्ण परियारकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी गाेरखा नगरपालिकाकाे प्रमुख कृष्ण रानाले खेल र खेलाडीकाे लागि गाेरखा नगरपालिका सधै साथमा रहेकाे बताए । कार्यक्रममा गाेरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, लियाे क्लब अफ गाेरखाका संस्थापक अध्यक्ष शितलकाजी मास्के, पुर्ब अध्यक्ष याम बसेल, जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख केदार खनाल गाेनपा ६ र ९ का वडा अध्यक्ष शशस्त्र प्रहरी बलका प्रमुख उद्योग बाणिजय संघ गाेरखा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगाएतकाे उपस्थिति रहेकाे थियाे । निर्णयककाे भुमिकाका उप प्रध्यापक केशब रेग्मीले गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link