गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा डेंगु रोग लगायत किटजन्य रोगहरुको रोकथामका लागी जाप्रतिनिधि रस्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा स्वास्थ्यकर्मीएवम जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई पछिल्लो समय देशभर संक्रमणको रुपमा फैलिएको डेंगु रोग, स्क्रब टाइफाइड लगायतका रोगहरुकोरोकथाम, उपचार तथा न्युनिकरणका लागी अपनाउनु पर्ने सचेतना मूलक जानकारी प्रदान गरिने जनाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गुरुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय लगायत मन्तव्य व्यक्त गरेको स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.