Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गऱ्यो

loading views..

पोखरा। नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध भएका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्ने छन् । आफ्नो देशमा रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्ने प्रहरी जनाएको छ ।

सन्दीपमाथि किशोरीले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्