Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गर्भबती महिलालाई गाउँमा निशुल्क भिडियो एक्सरे सेवा दिदै सहिद लखन गाउँपालिका

loading views..
Nepal Telcome

गोरखा।गोरखाको शहीद लखनगाउँपालिकाले गर्भवती महिलाहरुलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको गर्भवतीमहिला गर्भमा रहेका शिशुको स्वास्थ्य अबस्थाको जानकारी लिन वडावडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्यइकाई मार्फत स्वास्थ्यकर्मीहरुले भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठलेजानकरी दिए

गाउँपालिकाले चालु आर्थिक बर्षको तेस्रो चरणमा पालिका भित्रका बिभिन्न वटा स्वास्थ्य संस्थाबाट ५७ जना गर्भवती महिलाहरुभिडियो एक्सरे सेवा प्रदान गरेको उहाँले बताउनुभयो भिडियो एक्सरेबाट आमा गर्भमा रहेको बच्चाको स्वास्थ्य अबस्था बुझ्नसजिलो हुने उहाँले जानकारी दिए

गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्र्तगत वडामा रहेका स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुको गर्भावस्थाकोजाँच गरेको शाखा प्रमुख श्रेष्ठको भनाई गाउँपालिकाको बक्रांङ स्वास्थ्य चौकी, मनकामना आधारभुत स्वास्थ्य केन्द्र, मनकामना स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा प्रदान गरेको हो, उनले भनेत्यस्तै ताक्लुङ स्वास्थ्य चौकी, ताक्लुङ आधारभुतस्वास्थ्य केन्द्र, घैरुङ स्वास्थ्य चौकी, बुङकोट स्वास्थ्य चौकी, बुङकोट आधारभुत स्वास्थ्य केन्द्र नाम्जुङं स्वास्थ्य चौकीबाट सेवाउपलब्ध गराइएको हो

गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन समयमै समस्याहरुको पहिचान गर्ने उदेश्यले पालिका भित्र नैगर्भवती महिलाहरुका लागी निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिएप्रोटेबल भिडियो एक्स रे मेसिनको साथमा स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिदै आएको उनले बताए

गाँउपालिकाले यो सेवा सुरु गर्नुअघि पालिका भित्रका गर्भवती महिलाहरु गर्भावस्थाको परिक्षणका लागी गोरखा अस्पताल पुग्नुपर्नेबाध्यता रहदै आएको थियो अहिले पालिका भित्रैबाट प्रत्येक वडामा पुगरे सेवा दिन सुरु गरेसंगै गर्भावस्थामा हुनेसक्नेसमस्याहरुको समयमा नै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाई

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link