Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

प्रचण्ड ओली प्रवृत्तीलाई जित्नेमा ढुक्क

loading views..

जनउन्मुख नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरु जनतामा जान तयार भएर बसेको बताएका छन्। आज जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रम पेरिस डाँडामा अध्यक्ष प्रचण्डले प्रशीक्षणको क्रममा बताए ।

पहिलाको तीतो अनुभवबाट पाठक सिकेर अहिलेको संविधानमा पहिलाको जस्तो प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भनेर संविधान बनाए पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीको सनकले संविधान मिचिएको कुरा बताए।

‘हामी सडकमा पुगेको हैन, जनताको बीचमा पुगेको हौं।

एक अर्को प्रसंगमा उनले भने बैठकमा मेरो कुर्सीलाई लगेर ओलीले अर्कोतिर राख्दिए, मेरो कुर्सी नै भएन। म त गएर लुसुक्क कुनामा बसें। तर मैलै केपीजीलाई धन्यवाद दिएँ। अफ्ठ्यारो त भइरहेको थियो। तर सात जनासँग बस्ने व्यवस्था मिलाइदिनु भो उहाँले। केपीजी तपाईंलाई धन्यवाद,’ उनले घुमाउरो शैलीमा प्रधानमन्त्रीप्रति लक्षित गर्दै आफूहरुलाई जनतामा जाने वातावरण ओलीले बनाइदिएको भन्दै धन्यवाद दिए।

उनले भने‍, ‘उहाँ  त कलंकित हुनुभइहाल्यो, हामीले बाजी जितिसक्यौं, उहाँले बाजी हार्नुभो। हामीले चुनाव जित्छौं केही दिनको कुरा मात्र हो। हामी ऐतिहासिक जिम्मेवारी पूरा गर्न तयार छौं।केही साथीहरु लोभमा ओलीको लाइनमा गएका छन्। राजनीतिमा यस्तो हुन्छ। हामीले चिन्ता लिएका छैनौं दुई चार दिनपछि उहाँहरु फर्किनुहुन्छ। हामी क्षमा दिन्छौं यस्तो भइराख्छ।’

लाखौं करोडौं जनताबाट बनेको संविधानलाई कुल्चिएर प्रधानमन्त्रीले रिस उठेको भरमा संसद् विघटन गरेको उनको भनाइ थियो। यस्तै हुन्छ भनेर आफूहरुले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको उनले बताए।

संविधानविपरीत भएको संसद विघटन सर्वोच्च अदालतले उल्ट्याइदिने उनले विश्वास दिलाए। भने, ‘यति हल्का कुरा संविधानमा प्रस्टसँग लेखिएको छ, यो प्रावधान अदालले नबुझ्ने भन्ने हुँदैन।’ अदालतप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले छिटोभन्दा छिटो संविधानको व्यवस्थाअनुसार सदनलाई सुचारु गर्ने आदेश आउनेमा आफू ढुक्क रहेको उनले बताए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्