Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखामा प्रचण्डसहित यी हुन् ५६ जना उम्मेदवार:

loading views..
Nepal Telcome

गोरखा। गोरखामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यसपटक निकै महत्वका साथ हेरिएको छ।

मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

प्रतिनिधि सभाअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए।

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट केन्द्रीय सदस्य रामशरण बस्नेतको उम्मेदवारी परेको छ।

त्यस्तै जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित १३ जनाको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनको सिट बाँडफाँटका क्रममा माओवादीको केन्द्रको भागमा परेको यो क्षेत्रमा नेकपा एमालेबाट अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कवीन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (विपी) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङकोे उम्मेदवारी परेको हो।

क्षेत्र नम्बर २ मा विनोदकुमार गुरुङ, गणेश देवकोटा र कांग्रेस नेता माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रदेशसभा तर्फ गोरखा क्षेत्र नम्बर १ (क) मा सात जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, राप्रपाबाट सुदीप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट गङ्गाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरको उम्मेदवारी परेको छ भने कांग्रेसनिकट प्रेस युनियन गोरखाका पूर्वअध्यक्ष रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) मा नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।

साथै डाकबहादुर पराजुली, माओवादी केन्द्रका नेता राजकुमार ढकाल र कांग्रेस नेता पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेश सभा अन्तर्गतको यो क्षेत्रमा १० जनाको उम्मेदवारी परेको हो।

यस्तै गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मङ्गोलनेसनल अर्गनाइजेसनका विपीका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात र हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेद्वारी दर्ता गरेका छन्।

प्रदेश सभाको यो क्षेत्रमा गण्डकी प्रदेशका ऊर्जामन्त्रीसमेत रहेका हरिशरण आचार्य र बिलबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा कांग्रेसबाट केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट वसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मङ्गोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link