गोरखामा राष्ट्रिय बुद्धिचाल खेल सुरु

गोरखामा राष्ट्रिय बुद्धिचाल खेल सुरु

गोरखा। राष्ट्रिय बुद्धिचाल खेल सुरु भएकाे छ । बिहिबारबाट गाेरखा क्याम्पास गाेरखामा शुरु भएकाे खेलमा ७ बटा प्रदेश ७ वटा टिम र बिभागिय ३ टिम र एउटा गैरआबशिय गरि जम्मा ११ टिमले भाग लिएकाे जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्तसिह बस्नेतले जानकारी दिए । गाेरखा नगरपालिका गाेरखा प्रमुख कृष्ण रानाकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापाकाे प्रमुख आतिथ्यमा समपन्न भएकाे हाे । कार्यक्रममा नेपाली सेनाका गणपति , नेपाल प्रहरीका प्रमुख शसस्त्र प्रहरी प्रमुख गाेरखा क्याम्पास गाेरखाका क्याम्पास चिफ ,उद्योग बाणिजय संघ गाेरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगाएतकाे सहभागिता रहेकाे थियाे । ३ वटा बिधामा हुने प्रतियाेगितामा ६६ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रत्याेक टिमबाट ३ जना पुरुष र ३ जना महिला खेलाडीहरु रहने छन् । सात प्रदेशमा सात टिम र नेपाली सेना , नेपाल प्रहरी र एपिएफ र गैर भुगाेल गरि ११ टिमले बुद्विचाल खेल खेल्ने छन् । प्रथम हुनेलाई गाेल्ड मेडल पदक रजत पदक र कास्य पदक पुरस्कार ब्याबस्था गरिएकाे आयाेजकले जनाएकाे छ । आजबाट शुरु भएकाे खेलमा कार्तिक २ गते सम्म ७ दिन खेल हुने आयाेजकले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.