शहिद लखन गाउँपालिका मकैपुरमा ट्रक र माेटरसाईकल दुर्घटना हुँदा एक जना घाईते

शहिद लखन गाउँपालिका मकैपुरमा ट्रक र माेटरसाईकल दुर्घटना हुँदा एक जना घाईते

गोरखा। शहिद लखन गाउँपालिका वडा न ७ मकैपुरमा ट्रक र माेटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् । गाेरखाबाट शहिदलखन गाउँपालिका जाँदै गरेकाे ना ३५ प १५२३ नम्बरकाे माेटरसाइकल र सहिद लखन गाउँपालिकाबाट गाेरखा सदरमुकाम आउँदै गरेकाे ञ १ क २८११ नम्बरकाे खाद्य सामग्री बाेकेकाे ट्रक एक आपसमा ठाेकिदा गाेरखा नगरपालिका शिक्षा शाखामा काम गर्ने कर्माचारी बिश्वनाथ वाग्ले घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

घाइते भएका वाग्लेकाे दाहिने हातमा चाेटपटक लागेकाे प्रहरीकाे भनाई छ । उनलाई गाेरखा अस्पतालमा सामान्य उपचार पछि चितवन रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका डिएसपि लिलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.