Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

स्वास्थ्यकर्मीमाथि सांघातिक हमाला गर्नेलाई कार्बाहीको माग गर्दै प्रशासनलाई ज्ञापन पत्र बुझाय‍ो

loading views..

गोरखा। अस्पताल टाेल बिकास संस्थाले गाेरखा अस्पतालका डा अबिनाश पराजुली माथि हातपात गर्नेलाई कडा कार्बाहिकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय गाेरखालाई ज्ञापन पत्र बुझाएकाे छ । बुधबार अस्पताल बिकास संस्थाका पदाधिकरी सहितकाे टाेलिले प्रमुख प्रशासकिय अधिकृत मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
गाेरखालीहरुकाे स्वास्थ्य सेबामा भर पर्दाे पहिचानकाे रुपमा अगाडि बढिरहेकाे गाेरखा अस्पतालमा आफ्नाे ड्युटि गरिरहेकाे बेलामा डा पराजुली माथि भएकाे आक्रमणले टाेल बासिकाे गम्भीर ध्यानआकर्षण भएकाे ज्ञापन पत्रमा भनिएकाे छ ।
स्वास्थ्य जस्ताे संबेदनशील क्षेत्रमा पसि हातपात तथा कुटपिट गरेर मनाेबल कमजाेर पार्ने र स्वास्थय परिक्षणमा ब्याबधान उत्पन्न गर्ने ब्यक्तिलाई स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धी ऐन २०६६ काे पहिलाे संसाेधन अध्यादेश अनुरुप दाेशीलाई सख्त कारबाहि हाेस भनी अस्पताल टाेल बिकास संस्थाले जाेडदार माग गरेकाे छ ज्ञापनपत्रमा भनिएकाे छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्