प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

  • बिहिबार, पौस १६ २०७७

काठमाडौं । पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका हुन् ।

अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए ।

‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ सभामुख सापकोटाले भने ।

उनीहरुले मध्यवधि निर्वाचन अनावश्यक र सम्भव नभएको बताउँदै निर्वाचनमा हुने खर्चले धेरैजनालाई कोरोना महामारीबाट बचाउन सकिने बताउँदै उनीहरुले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.