गोरखा। गोरखा नगरपालिकाले कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन तथा रोजगारीको अभिबृद्दि गरी आत्मा निर्भर बनाउन सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै यसबारे जानकारी गराएको हो । गत भदै १५ गते राष्ट्रिय बाणिज्य बैँक र नगरपालिका बिच सहकार्य गरी सहुतियत पूर्ण कर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बैँकले ऋणीलाई प्रदान गर्ने ब्याजदर तथा अन्य शुल्कमा सम्बन्धि सहुलियत पूुर्ण कर्जाको लागि ब्याज अनुदान एकीकृत कार्यबिधि ऋणीको नाममा जारी हुने सूचनामा उल्लेख छ ।
इच्छुक सहकार्य समुह, उद्यमी फर्म तथा सहकारीहरुले राष्ट्रिय बाणिज्य बैँक शाखा कार्यलय गोरखामा तपसिल बामोजिमको काजगजात सहित आवेदन पेश गर्ने अनुरोध गरेको छ ।
कर्जाको लागि चाहिने बिबरण र कागजातहरु निम्नअनुसार छन्ः