Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ईच्छाकामना न्युज सम्मान २०७९ बाट पत्रकार भिमलाल श्रेष्ठ सम्मानित

loading views..
Nepal Telcome

गोरखा। पत्रकार भिमलाल श्रेष्ठ ईच्छाकामना न्युज सम्मान २०७९ बाट सम्मानित भएका छन् । शनिबार एक कार्यक्रमका बीच पत्रकार श्रेष्ठलाई सम्मान गरिएकाे कार्यक्रम संयाेजक चित्र गुरुङले जानकारी दिए ।

गाेरखा जिल्लामा रहेर २ दशक भन्दा बढी समय देखि निरन्तर पत्रकारिता गरेर जनतमा उल्लेखनिय याेगदान पुऱ्याए बापत उच्च मुल्याङकन गर्दै ईच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाकाे पाचाै बार्षिक उत्सबकाे शुभ अबसरमा ईच्छाकामना न्युज सम्मान २०७९ ले उनलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि माननीय कृष्ण प्रसाद सिलावलले पत्रकार भिमलाल श्रेष्ठलाई खाँदा र प्रमाण पत्र प्रदान गरि सम्मान गरेका हुन् । साेही कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिम्लेसेना साकार र सहिद लखन गाउँपालिकाकाे अध्यक्ष रमेश बाबु थापा मगरकाे सहभागिताकाे रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link