Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

जाजरकोटमा जीप दुर्घटना ११जनाको मृत्यु

loading views..
Nepal Telcome

पोखरा। जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले दिएको जानाकारी अनुसार छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहादुर खत्री, भगवती–२ दैलेखका अमर खड्का, भगवती–२ दैलेखकै मानबहादुर रावत, भगवती–२ दैलेखकै वीरेन्द्र केसी, छेडागाड–५ की देवीसरा बुढा, छेडागाड–५ कै अमर अधिकारी र छेडागाड–५ कै निशा अधिकारीको दुर्घटनामा मृत्यु भएकोछ।

छेडागाड–५ की जैभान अधिकारी सिकिस्त छन्। बोलेरोमा १२ जना सवार थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link