Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

loading views..
Nepal Telcome

काठमाण्डु। लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

विगत लामो समयदेखि पटक-पटक इण्डियन आयल कर्पोरेसनबाट घटेर मूल्यसूची आए पनि घाटा लाग्ने भन्दै निगमले आन्तरिक बजारको इन्धनको मूल्य समायोजन गरेको थिएन । यसको चौतर्फी आलोचना हुँदै आएको थियो।

पछिल्लोपटक शुक्रबार आइओसीले मूल्य घटाएर नयाँ सूची पठाएपछि भने निगमले पनि मूल्य समायोजन गरेको हो ।

निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ३ ले घटाएको छ ।

मूल्य समायोजन भएसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम भएको छ ।

एलपी ग्याँसको मूल्य र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन नगरिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

निगमले नेपाल सरकार र आइओसीलाई डिसेम्बर २०२२ मा तिर्नुपर्ने नियमित भुक्तानीसहित करिब १९ अर्ब तिर्न बाँकी रहेको समेत निगमको दाबी छ ।

तिर्न बाँकी रकम ठूलै हुँदा समेत उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link