गाेरखा । गाेरखा उद्योग बाणिजय संघ गाेरखाकाे आयाेजनमा पाैष २७ गते देखि माघ ७ गते सम्म गाेरखा महाेत्ब हुने भएकाे छ । गाेरखा उद्योग बाणिजय संघ गाेरखाले मंगलबार पत्रकार सम्मेलन गर्दै साे कुरा जानकारी गराएकाे हाे ।
जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउँदै गोरखाको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार–प्रसारका लागि मेलाको आयोजना गरिएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
‘जिल्लामा औद्योगिक सम्भावनाको पहिचान गर्दै स्थानीय उत्पादनलाई प्रश्रय दिनु पनि मेलाको मुख्य उद्देस्य हो, उनले भने‘मेलामा स्थानीय कृषि, घरेलु, पशुपालनबाट उत्पादित बस्तु तथा स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा जोड दिइनेछ ।’ नेपाल एकिकरणका तत्कालिन अभियान्ता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अबसरमा पारेर मेलाको सुरुवात गर्न लागिएको हो ।
मेलामा जिल्लाको सांस्कृति, भेषभुषा, गण्डकी प्रदेशका कृषिजन्य, घरेलु उद्योग जडिबुटी, फलफुल तथा दुग्धजन्य पर्दाथ आदीको उत्पादनका बस्तुहरुलाई राखिने अध्यक्ष श्रेष्ठले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गराउदै यहाँ पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्न सकिन्छ, उनले भने‘जिल्लामा अत्याधिक रुपमा उत्पादन हुने सुन्तला, जडिबुटी, कृषि उत्पादनका क्रेता तथा बिक्रेता बिच समन्वय गरी बजारीकरणमा समेत टेवा पुग्नेछ ।’
मेलामा स्थानीय तथा राष्ट्रिय उत्पादन बाहेक बाह्य बस्तुहरु प्रर्दशनी तथा बिक्री बितरणका अनुमति नदिने अध्यक्ष श्रेष्ठको भनाई छ । करिब एक सय स्टल रहने मेलामा जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको फोटो प्रर्दशनी, बृतचित्र प्रर्दशनी गरिनुका साथै स्थलगत भ्रमण गराउने उनले बताए ।
‘म्यान अफ द गोरखा दौड’ प्रतियोगिता, जिल्ला भित्र उत्पादित हस्तकला सामाग्री, पुरातात्विक सामाग्रीको प्रर्दशनी, महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको प्रर्दशन पनि मेलाको मुख्य आर्कषण रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
‘कृषि प्रर्दशनी अन्र्तगत जिल्ला उत्पादित सुन्तला, फुलफुल तरकारी, अलैची, अदुवा, जडीबुटी तथा कृषिजन्य उत्पादनको पनि प्रर्दशनी हुनेछ, उनले भने ‘त्यस बाहेक जिल्लामा प्रख्यात रहेका खानाका परिकारहरु पनि महोत्सव स्टलहरुमा राखिनेछ ।’ मेलामा बिबिध मनोरन्जनात्मक कार्यक्रम एवं दोहोरी गीत कार्यक्रमका साथै खुल्ला युगल तथा गोरखा नगरपालिका भित्रका माध्यामिक बिधालय स्तरीय नृत्य प्रतियोगिता, हास्य व्यङ्ग्य कार्यक्रम, चौथो गोरखा तारा (गायन) प्रतियोगिता, प्रदेश स्तरीय तथा जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता र जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता समेतको आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।
मेलामा बाल उद्यान, झाँकी प्रर्दशनी, रत्यौली गीत प्रतियोगिता, शोभायात्रा प्रर्दशनी समेत हुने उनकाे भनाई छ । त्यस्तै चित्रकला प्रतियोगिताको आयोजना गरी उत्कृष्ट चित्रहरुको प्रर्दशनी समेत मेलामा गरिनेछ भने गाउँपालिका तथा नगरपालिका स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुने संघले जनाएको छ । ‘मेला प्रवेशका लागि रु १ सय र ५० रुपैयाको टिकटको व्यवस्था गरिने छ, ‘यस पटकको मेलामा फेन्सी कपडाका स्टलहरु राखिने छैन, हामी साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुलाई जोड दिनेछौ ।’
मेलाबाट करिब ५७ लाख रुपैया आम्दानी हुने संघले अनुमान गरेको छ । आम्दानीबाट नाफा भएको रकम जिल्लामा अत्यावश्यक रहेको बहुउद्देस्सिय सभाहल निर्माण, जिल्लाको उद्योग व्यापार व्यवसायको प्रबद्र्धन, पर्यटन कार्यक्रम सञ्चालन र पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणका लागि खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेला सम्पन्न गर्न २३ वटा बिभिन्न उपसमिति गठन गरेर जिम्मेवारी तोकिएको उद्योग बाणिजय संघ गाेरखाका महासचिब प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए ।