Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ गाेरखा शाखाकाे अध्यक्षतमा पुन : देबी प्रसाद श्रेष्ठ

loading views..
Nepal Telcome

गाेरखा। खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ नेपाल गाेरखा शाखाकाे दाेस्राे अधिबेशनबाट पुन देबि प्रसाद श्रेष्ठ अध्यक्षमा सर्बसम्मत चयन भएका छन् ।

शनिबार गाेरखा सदरमुकाममा भएकाे भेलाले गाेरखा जिल्ला भरि रहेका ७४ वटा खानेपानी तथा सरसफाई उपभाेक्ता समितिहरुकाे भेलाले दाेस्राे कार्यकालकाे लागि देबि प्रसाद श्रेष्ठलाई अध्यक्षमा चयन गरिएकाे खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ नेपालका केन्द्रीय सदस्य शिव केसीले जानकारी दिए ।

जसकाे उपाध्यक्षमा कल्पना नेपाली , सचिब पुरुषाेतम ढकाल , काेषध्यक्ष केशर सिह बस्नेत र सहसचिब मनिसा श्रेष्ठ चयन भएकाे छन् ।

साेहि कार्यक्रममा पुर्ब काेषध्यक्ष सुजन कुबँरकाे आर्थिक प्रतिबेदन र सचिब पुरुषताेम ढकालकाे प्रगति प्रतिबेदन एकमतले पारित भएकाे केन्द्रीय सदस्य केसिले बताए ।

बिगत केही बर्ष देखि यस संस्थाले गाेरखा जिल्लामा रहेर लभि पैरबी , खानेपानी मुहान दर्ता साथै खानेपानीकाे बिबाद भएकाे ठाँउमा समस्याकाे समधान गर्दै आएकाे अध्यक्ष देबि प्रसाद श्रृष्ठले जानकारी दिए ।

श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापा , विशेष अतिथी शिव केसि , जिल्ला समन्वय समितिका सदस्य माेहन ढकाल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गाेरखाका प्रतिनिधि तुलसी गुरुङ लगाएतकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link