Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

अजिरकाेट गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा गाेरखा प्रथम, प्रदेशमा पाँचाैँ

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गण्डकी प्रदेश भित्र रहेका ८५ वटा गाउँपालिकामा पालिकाले प्रदान गर्ने स्वास्थ्य सेवाकाे क्षेत्रमा अजिरकाेट गाउँपालिका गाेरखा जिल्लामा प्रथम भएकाे छ । आर्थिक वर्ष ०७९।०८० काे माघ महिना सम्मकाे प्रगति विवरणमा अजिरकाेट ५८.३ अङ्क सहित गाेरखामा प्रथम भएकाे हाे ।

प्रदेश भरीमा आँवुखैरेनी गाउँपालिका ६३.५ अङ्क सहित प्रथम भएकाे छ । गाेरखाका बारपाक सुलिकाेट दाेश्राे, धार्चे गाउँपालिका तेस्राे, आरुघाट चाैँथाे,  सिरानचाेक पाँचाैँ , पालुङ्टार छैठाै, सहिदलखन साताैँ, गाेरखा नगरपालिका आठाैँ, भिमसेन थापा गाउँपालिका नबाैँ र चुमनुब्री गाउँपालिका दशाैँ भएका छन् । गण्डकी गाउँपालिकाकाे मूल्याङकन भएकाे छैन ।

प्रदेशमा दाेस्राे स्थानमा ढाेरपाटन नगरपालिका, तेस्राे भानु नगरपालिका, चाैँथाे रुपा गाउँपालिका रहेका छन् ।

नागरिकहरुलाइ पालिकाबाट दिएकाे सेवाका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले मूल्याङ्कन गरेकाे हाे । DHIS 2 रिपाेर्टिङमा पालिकाहरुले आफ्नाे प्रगति अनुसारकाे स्थान प्राप्त गरेका हुन् ।  गत साउन यता अजिरकाेट गाउँपालिकामा अस्पताल सञ्चालन देखि गाउँ गाउँमा नागरिकहरुकाे सेवामा पालिकाले काम गर्दै आएकाे छ । नागरिकहरु स्वस्थ्य रहे गाउँकाे विकासमा सहयाेग पुग्ने भन्दै गाउँकाे स्वास्थ्य र शिक्षालाई विशेष ध्यान दिइएकाे गाउँ पालिकाे स्राेतकाे भनाइ छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link