Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

ओलीले संविधानको पाङ्ग्रा खुस्काएः मिनेन्द्र रिजाल

loading views..

काठमाडौं।नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शमाृ अ‍ोलीले संसद विघटन गरेर संविधानको पाङ्ग्रा खुस्काएको आरोप लगाएका छन् ।

बुधबार नेकपा प्रचण्ड–माधव नेपाल समूहले राजनैतिक पार्टीहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले मन नपरेका सबै पाङ्ग्रा खुस्काउँदै जाने हो भने संविधान नै नरहने बताए ।

‘केपी ओलीजीले संविधानको पाङ्ग्रा भत्काउनु भएको छ । मन नपरेको सबै पाङ्ग्रा खुस्काउँदै जाने हो भने संविधान नै बाँकी रहँदैन’, उनले भने ।

उनले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटन गरेको स्मरण गर्दै प्रधानमन्त्री अ‍ोलीले वैशाखमा निर्वाचन गर्नका लागि चुनवाको मिति घोषणा नभएको बताए ।

नेता रिजालले प्रधानमन्त्री ओली सत्तामा टिक्ने कुनै उपाय आफूले नदेखेको बताए । उनले सत्तामा आएपछि नियम कानुन नमान्ने केही पनि नटिकेको बताए ।

‘एक जना निर्वाचित सर्वसत्तासत्तावादी डोनाल्ड ट्रम्प विदा हुँदैछन्, हिजा ज्ञानेन्द्र विदा भए, आज ओली टिक्ने कुनै उपाए देख्दिन मैले’, उनले भने, ‘यस्ता सर्वसत्तावादीहरु जसले सत्तामा आएपछि नियम, कानुन केही मान्नु पर्दैन भन्छन्, ती मानिसहरु इतिहासमा कहिल्यै पनि लामो समय टिकेका छैनन् र टिक्दैनन् पनि ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्