गोरखा। गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्वुङमा अचार तथा आलु चिप्स बनाउने तालिम प्रदान गरिएको छ ।युवा रोजगार तालिम अन्तरगत पालिकाले संचालन दश दिनसम्म तालिम सञ्चालन गरेको हो । तालिममा पालिका भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
प्राविधिक सहयोग महिला अधिकार सरोकार केन्द्र गोरखाले गरेको थियो । तालिममा गायत्री नेपालीले सहजीकरण गरेकी थिइन । तालिममा सिकेका कुरालाइ व्यवहारमा उतार्न र व्यवसाय सञ्चालन गर्न गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले सुझाव दिए ।