Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

यादब बस्नेतद्वारा ओलीको केन्द्रीय सदस्य अस्वीकार

loading views..
Nepal Telcome

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा जिल्ला सदस्य यादव बस्नेतले ओली पक्षको केन्द्रीय सदस्यता इन्कार गरेको कुरा एक पत्रकार भेटघाटमा प्रष्ट्याएका छन्।

हिजो गोरखामा पत्रकार सम्मेलन गरेर आफ्नो सहमति बिना नै केन्द्रिय सदस्य चयन गरेको भन्दै सो पद अस्विकार गरेका हुन् ।

बस्नेतले इतिहासमा अहिलेसम्मको सवै भन्दा बढी दुई तिहाई नजिक मत प्राप्त कम्युनिष्ट सरकारको नेतृत्व गरेको ओलीले  संसद विघटन गरेर गम्भीर असंवैधानिक कदम चालेको भन्दै यस्तो अवस्थामा असबैधानिक कदमक साथ दिन नसक्ने बताए ।

वर्तमान अवस्थामा बहुमत प्राप्त पार्टीले संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेको प्रति आफ्नो असहमति रहेको भन्दै ओली समूहको केन्द्रिय सदस्य अस्विकार गरेको स्पस्ट पारे । म बिगतमा पनि संस्थापन पक्ष र बहुमतको पक्षमा रहेको भन्दै जिल्ला सदस्य यादवले नेकपाले लिएको जनताको जनवादको सैद्धान्तिक लक्ष्यबाट दायाँबायाँ नहुने स्पष्ट पारे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link