Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गोरखामा बस दुर्घटना १३ जना घाइते

गोरखा।  गोरखामा यात्रु वाहक बस दुर्घटना भएको छ । गोरखा नगरपालिका वडा नम्बर-८, ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना भएको हो ।
चितवन टाडीबाट गोरखाको आर्खेत तर्फ जाँदै गरेको बस अनियन्त्रित भइ भित्तामा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको अहिले गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबै अबस्थामा भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्