Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित

loading views..
Nepal Telcome

काठमाण्डु। नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । कोषको असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका हुन् ।
५२ अर्व भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित भएको कोषले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link