Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नयाँ पाठ्यक्रम प्रारुपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

loading views..
Nepal Telcome

काठमाडौं । सर्वोच्च अदालते विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज गरेको छ ।  न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो ।  रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको छ । पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमअनुसारको पढाई सञ्चालन गर्न मातहतका सबै निकायहरुमा परिपत्र गरेको भएपनि गत असोज ३० गते नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै भगवता अर्यालसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।   यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link