Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा सवारी दुर्घटनामा परी लम्जुङका दुई युवाको मृत्यु !

loading views..
Nepal Telcome

पोखरा। पोखरा महानगरपालिका ३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं.३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लम्जुङ दूधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल रुपा गाउँपालिका ६  स्थित भित्री सडक खण्डमा सडकबाट अन्दाजी १०० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको थियो । दुर्घटना लगत्तै घाइतेहरुलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो ।यद्यपि चिकित्सकले चेकजाँचका क्रममा दुबै जनालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link