Skip to content
Pokharapress Logo
१० असार २०८३, बुधबार

गणतन्त्र ल्याउने शक्ति नेकपा हो। गणतन्त्र जोगाउने तागत पनि नेकपामा छ।

loading views..
Nepal Telcome

प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कस्तो राजनीतिक मान्यता अवलम्बन गर्ने र कस्तो पद्धति स्थापित गर्ने भन्ने विषयमा बहस भइरहेको बताएका छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए ।

कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा शनिबार दाहालले भने, ‘नेकपाभित्रको बहस समाजवादको यात्रामा कस्तो आर्थिक नीति हुने ? कस्तो राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने ? कस्तो आचारसंहिता पालना गर्ने ? कस्तो विधिविधान र पद्धति स्थापित गर्ने ? भन्ने बहस छन् ।’

नेकपाभित्र पछिल्लो समय विवाद चर्किँदै गएको अवस्थामा दाहालको यस्तो भनाइ आएको हो । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षबीच विवाद भइरहेको छ । लामो समयदेखिको विवादका बीच आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ ।

लोकतान्त्रिक गणतन्त्रसामू बेलाबेला चुनौती आउने गरेको र तिनको सामना गरेर जाने शक्ति नेकपामा रहेको पनि दाहालको भनाइ थियो । गणतन्त्र ल्याउन नेकपाले महत्त्वपूर्ण संघर्ष गरेको र त्यसविरुद्धका चुनौतिको सामना गर्ने क्षमता पनि नेकपामै रहेको उनले बताए ।’संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, फूलाउने, फलाउने र यो प्रणालीमार्फत देशमा आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर हामी अगाडि बढ्दैछौं । अगाडि बढ्ने क्रममा बेलाबेलामा चुनौति समस्याहरू आउँछन् । तर पनि ती चुनौति र समस्याको सामना गर्ने तागत कम्युनिस्ट पार्टीभित्रै छ । कम्युनिस्ट पार्टीले आफैभित्रबाट त्यो तागत पैदा गरेर समाजवाद उन्मुख राज्य निर्माणतर्फ उन्मुख हुनेछौं,’ दाहालले भने ।

पछिल्लो समय धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्र ठीक नभएको भन्दै राजतन्त्रको पक्षमा सडक प्रदर्शन भइरहेको अवस्थामा दाहालको यस्तो भनाइ आएको हो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता नेपालले जनताको समृद्धिको सपना साकार पार्नका लागि काम गर्नुपर्ने बताए । ‘सबै नेपाली सुखी हुन्, सबै नेपाली समृद्ध बनुन् भन्ने हाम्रो लक्ष्य हो । यो लक्ष्य साकार पार्नका लागि बोलीले मात्रै होइन कर्म र व्यवहारले नै सफल हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छौं,’ उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link