Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

loading views..
Nepal Telcome
नदीपुर दुध

वीरगन्ज। बारामा शनिवार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टँंगिया बस्ती जाने सड्कमा नाम थर बतन नखुलेका करिब ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
हात्ती आक्रमणबाट मानिसको मृत्यु भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले शव बरामद गरेको थियो । जंगली हात्तीले आक्रमण गरेर लछारपछार पारेको जस्तो देखिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link