Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ब्याडे राँगोको आक्रमणबाट जिराभवानीमा एकजनाको मृत्यु

loading views..
Nepal Telcome

वीरगन्ज। पर्साको जिराभवानी गाउँपालिकामा ब्याडे राँगोको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ ।जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैयाका ५५ वर्षिय बिजुली महतोको सार्वजनिक स्थानमा छाडिएको ब्याडे राँगोका आक्रमणबाट मृत्यु भएको हो । घर अगाडि आँगनमा बसिरहेका बेला राँगाको आक्रमणमा परेर गम्भीर घाइते भएका महतोको उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक नवलकिशोर साहले जानकारी दिनुभयो ।

यसैबीच दुइ हप्ताअगाडि सोही राँगोले हानेर सोही गाउँका बालेशवर दास पनि घाइते भएका थिए । आक्रमणमा दासको छाती र ढाडमा गम्भीर चोट लागेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link