Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

संविधान रक्षाको लागि कांग्रेश सडकमा

loading views..
Nepal Telcome

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन।पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेस देवचुलीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधाननै च्यातेको आरोप लगाउँदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको बताए ।

७० वर्षको संघर्ष पछी बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि कांग्रेस सडकमा आउनु परेको कोइरालाको भनाई थियो ।

यसैबीच केन्द्रीय समितिले निर्णय गरे अनुसार शनिबार पुर्वी नवलपरासीको आटवटै पालिकामा शनिबार विरोध प्रदर्शन गरिएको छ । जिल्लाको गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयी त्रिवेणीको सर्दिमा पालिकास्तरीय प्रदर्शन सम्पन्न भएको कांग्रेस पुर्वी नवलपरासीका सचिव बालकृष्ण घिमिरेले बताए ।हाम्राकुराबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link