Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अबदेखि मलेसियामा काम गर्ने नेपालीले सिधै इसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सक्ने

loading views..
Nepal Telcome

पोखरा।  इसेवा मनि ट्रान्स्फर र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सीबीएल मनि ट्रान्स्फरका १५ शाखाहरु वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
सीबीएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्था तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखभन्दा बढि प्रयोगकर्ताले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन्। सम्झौता पत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र सीबीएलका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link