Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

तीन खम्वे अर्थनीति अवलम्बन गछौ : मुख्यमन्त्री शर्मा

loading views..
Nepal Telcome
नदीपुर दुध

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राज्य, नीजि र सहकारी क्षेत्रका वीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘स-सानो छरिएर रहेको पुँजी, वित्तिय साक्षरता र उत्पादनमा लगानी गरेर अर्थतन्त्रको सुधार, विकास ,संस्कार र संस्कृतिलाई माथि उठाउन सकिने सकिन्छ । त्यसका लागि राज्य सरकार, नीजि र सहकारी क्षेत्रलाई संगै लिएर जानुपर्दछ । तिनै क्षेत्रको सहकार्यवाट काम अघि वढ्छ ।’
त्रिपुरेश्वर बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर १ सुर्खेतको २९औ वार्षिक साधारण सभालाई शनिवार सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले गाउँ घरमा रहेका सहकारीले समुदायमा सुख र दुखको साथीको रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘थोरै थोरै वचत गर्दा भएको पुजीलाई उत्पादन ,उद्यमशिलतासंग जोडेर जनताको सुखमा भन्दा अझ वढी दुखपार लगाउने साथि हुनुपर्दछ ।’
कर्णाली प्रदेश सरकारले कर्णालीबासीलाई सुखी र खुसी बनाउन आर्थिक सम्पन्तार समाजीक न्यायलाई प्राथमिकता राखेर मात्र प्रदेशको समग्र समृद्धिपुरा गर्न सकिने भएकाले रोजगारी र समाजीकरुपान्तरणका कार्यक्रम अघि सारेको बताउनुभयो । समुदायका हितका लागि कार्य गर्नु पर्ने सहकारीले वदमासी गर्दा जनतामा सहकारीप्रतिको धारणा नकारात्मक वन्दै गएको तर्फ सहकारी सञ्चालकहरुले समयमै ध्यान दिन आवश्यक भएको शर्माको भनाई रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link