Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सिरान्चोक गाउँपालिकामा सहकारी ब्यावस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न

loading views..
Nepal Telcome

धनबहादुर तामाङ
गोरखा। सिरानचाेक गाउपालिकाले गाउपालिका भित्रका सहकारि सन्चालक र ब्यावस्थाकहरुलाई ३ दिने तालिम सन्चालन सम्पन्न गरेकाे छ ।सिरानचाेक गाउपालिका ५ चित्रेपाेखरिकाे आमा समुहकाे भवनमा भएकाे कार्यक्रमकाे सनिबार समापन कार्यक्रम लाई सम्बन्धाेन गर्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले सहकारी र गाउँपालिकाे सम्बन्ध सुमधुर हुनु पर्ने बताउनु भयाे । गाउँपालिकाकाे बिकासमा सहकारीकाे भूमिका पनि अमुल्य हुने पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयाे ।
सहकारी ब्यावस्थापन गर्ने कुरा आफैमा चुनाैती रहेकाे भन्दै चुनैतीलाई सामना गर्ने सहकारीले मात्र प्रगति गर्ने पनि बताउनु भयाे । स्थानीय सरकारसँग पर्याप्त श्राेत साधन नहुँदा पनि साेचे जस्ताे बिकास गर्न नसकेकाे अध्यक्ष गुरुङले बताउनु भयाे ।
तीन दिन सम्म चलेकाे कार्यक्रममा सहजिकरण गर्नु हुने प्रशिक्षक सराेज देबकाेटाले समापन कार्यक्रममा बाेल्दै आगामि दिनमा नमुना सहकारि हेर्न कहाँ जाने भन्दा सिरानचाेक जाने भनी भन्न पाउने गरि काम गर्नुहाेस त्यसकाे लागि गाउपालिकाले सहजिकरण गर्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा सहभागिहरुले अब लेखा तालिम आबस्यक भएकाे आफुहरुले उत्पादन गरेकाे सामान गाउपालिकाले बजारकाे ब्यावस्था गरिदिनु पर्ने , क्षेत्रगत रुपमा मेला तथा हाटबजारकाे आयाेजना गाउपालिकाले बनाईदिनु पर्ने आदि माग राखेका थिए ।
सिरानचाेक गाउँपालिकाकाे ४१ सहकारीहरु मध्ये २४ सहकारीका ४७ जना सहभागी भएका थिए । समापन कार्यक्रममा सहभागीका तर्फबाट इन्दिरा पाेखरेल र दिपक भट्टले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link