Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

२९औं जनयुद्ध दिवसको अवसरमा गोरखामा आज रक्तदान कार्यक्रम सम्पन

loading views..
Nepal Telcome

गोरखा। जनयुद्ध दिवसको अवसरमा गोरखामा आज रक्तदान कार्यक्रम सम्पन भएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाको आयोजनामा सदरमुकाम स्थित हरमटारी चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो । ‘‘विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म गरिएको रक्तदान कार्यक्रममा ११ जना महिला र ५२ जना पुरुषले रक्तदान गरेका छन्, उहाँले भन्नुभयो, ‘‘संकलित रगत मध्ये केही पाउण्ड गोरखा स्थित रक्त सञ्चार केन्द्रमा राखिएको छ भने बाँकी चितवन पठाइएको छ ।’ बि.स २०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी जनयुद्ध सुरु गरको दिनको अवसर पारेर नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान कार्यक्रमको आयोजना गरेको अखिल क्रान्तिकारी गोरखाका सचिव सुलभ अम्गाईले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै जनयुद्ध दिवसकै अवसरमा पारेर वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले आजै साँझ गोरखा सदरमुकामा दिपावली समेत गरेको छ । हरमटारी चोकमा जम्मा भएर वाइसीएल र अखिल क्रान्तिकारीका युवा विद्यार्थीहरुले दीप प्रज्वलन गरेको सचिव अम्गाईको भनाई छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link