Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पाँच दिने प्रादेशिक भलिबल रेफ्री कोर्षको पोखरामा समापन

loading views..
Nepal Telcome

पोखरा,५ जेठ। गण्डकी प्रदेशमा संचालन भएको प्रादेशिक भलिबल रेफ्री कोर्ष,जेष्ठ १-५ पोखरामा समापन भएको छ।समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गर्नु भएको थियो। समापन समारोहको अध्यक्षता प्रादेशिक भलिवल रेफ्री कोर्ष कार्यक्रमका संयोजक तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य विनय थापाले गर्नु भएको थियो। कार्यक्रममा आफ्नो मनतब्यको क्रममा प्रमुख अथिति धोजले भन्नुभयो “रेफ्री कोर्षमा सहभागी खेलाडीहरुलाई खेलकुद क्षेत्रमा तालिम,प्रशिक्षण लगायत अन्य कुराहरु पनि ब्यवस्थित बनाउँदै जानुपर्ने जोडदिनुभयो।”

उक्त भलिवल रेफ्री कोर्ष समापन कार्यक्रममा शुभकन्या गुरुङ,याम बहादुर गुरुङ,नारायण शर्मा,टहल सिंह थापा मगर,लेखनाथ लम्साल,तोपलाल भुषाल,तोरण बानिया,विमल राना,राजन पौडेल,टुक बहादुर गुरुङ,पुर्ण बहादुर गुरुङ,सोम बहादुर पौवी,नारायण बहादुर भण्डारी,अशोक कुमार शाही,तिर्सना शिर्पाली,हरिकुमार श्रेष्ठ,विवेक क्षेत्र लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।साथै सहाभागीबाट पनि कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link