Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकी गाउँपालिकाको बुट्टारमा बेलिब्रिज पुल बन्यो

loading views..
Nepal Telcome

राजेन्द्र न्यौपाने गोरखा। गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा बेलिब्रिज निर्माण भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटार र गण्डकी गाउँपालिका जोड्ने गरी बेलिब्रिज निर्माण भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेना साकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७१ सालमा उक्त ठाउँमा पप्पु कन्स्ट्रक्सने पक्की पुल निर्माणको जिम्मा लिएर पनि समयमै काम नसकिएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान भइसकेको उहाँले बताउनुभयो । पक्की पुल निर्माणमा ढिलाइ भएपछि जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा सहजताका लागि निर्माण कम्पनीले बेलिब्रिज निर्माण गरेको हो । अहिले ब्लु इनर्जी प्रालिले १०० मेघाबाटको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले ११ करोड रुपियाँ खर्च गरेर बेलिब्रिज निर्माण गरेको कम्पनीले जनाएको छ । जेठ मसान्तसम्म बेलिब्रिज निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको प्रालिले जनाएको छ ।

उक्त बेलिब्रिजको स्टिल संरचना सडक विभागले उपलब्ध गराएको छ । त्रिशूली नदीमाथि एक सय मिटरको बेलिब्रिजसँगै एप्रोच सडकलाई जोड्न २० मिटर लम्बाइको आरसिसी स्टक्चरको पुल बन्नेछ । उक्त बेलिब्रिज पुल निर्माण भएपछि गण्डकी गाउँपालिका सबै वडाका स्थानीयवासीलाई आवतजावतमा सहज तथा गण्डकी गाउँपालिकामा उत्पादन भएका तरकारी किसानको घरमै व्यापारीहरू पुग्ने भएकाले व्यापार व्यवसायमा पनि बढ्ने विश्वास गरिएको गण्डकी गाउँपालिकाले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले पक्की पुल अलपत्र पारेर छोडेको ५० मिटर तल बेलिब्रिज निर्माण गरिएको ब्लु इनर्जी प्रालिले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link