Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

पोखरामा मोवाईल चोरी गर्ने १ जना व्यक्ति पक्राउ

loading views..
Nepal Telcome

कास्की २२ जेठ। अंग्रेजी नयाँ वर्षको दिनमा एक जना महिलाले भिरेको झोलाबाट आईफोन मोवाईल चोरी गरी निजले सिमकार्ड राखी प्रयोग गरी चलाउँदै आई रहेको । सभागृहमा सहकारी दिवसको दिनमा भएको कार्यक्रममा टेवुलमाथी राखेको सामसुङ मोवाईल चोरी गरी लगेको र उक्त मोवाईलमा रहेको ईसेवा आईडी समेत ह्याक गरी नगद रु.१८,१२५।– रुपैया ट्रान्सफर गरेको भन्ने जाहेरीको आधारमा यस कार्यालयबाट अनुसन्धान तथा खोजतलास गर्दै जाँदा जिल्ला म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नं. १ दाना स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड बस्ने वर्ष २० को रुपेश रम्जालीले उक्त मोवाईल फोनमा आफ्नो सिमकार्ड हाली चलाएको भेटिएकोले निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात दिन म्याद थप गरी प्रहरीलेअनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । निजले हालसम्म विभिन्न कम्पनीका १५/१६ वटा मोवाइल चोरी गरी फेसबुकमा बिक्रिको लागि राख्ने र बिक्री पश्चात उक्त फेसबुक आईडी डिलिट गर्ने गरेको भन्ने प्रारम्भिक सोधपुछको क्रममा खुलेको प्रहरी श्रोतले बतायो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link