Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

चितवन मेडिकल कलेजको तेस्रो तलाबाट खसेर घाइते भएका वृद्धको मृत्यु

loading views..
Nepal Telcome

भरतपुर। चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ।

नवलपरासीको हुप्सेकोट गाउँपालिका-९ का ७६ वर्षीय बल बहादुर खम्चा मगरको आज बिहान साढे एघार बजे मृत्यु भएको हो।

उनी पिसाब थैलीमा क्यान्सर सम्बन्धीको उपचार गर्न बुधबार अस्पताल आएको चितवन प्रहरीले जानकारी दिए।

उनी आज बिहान १०:४० बजे अस्पतालको ए ब्लकको तेस्रो तला माथिको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link