Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

कुन्दुरटारको गौरव: महेन्द्र माविले मनायो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

loading views..

गोरखा, १६ कार्तिक। गोरखाको कुन्दुरटारस्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ। विद्यालयले कार्तिक १२ र १३ गते दुई दिनसम्म चलेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
गोरखा नगरपालिका-१२ का वडाध्यक्ष डिलबहादुर थापा मगरले उद्घाटन गरेको यस कार्यक्रममा विद्यालयकी साविक शिक्षक अभिभावक संघ अध्यक्ष राधिका कुमालको असामयिक निधन भएको हुँदा ठूलो स्तरमा कार्यक्रम गर्न नसकिएको प्रधानाध्यापक गोपालबाबु मरहट्टाले बताए। उनले वडाध्यक्ष, वडाप्रतिनिधि, स्थानीय अभिभावक, चन्दादाता तथा स्थानीय संघसंस्थाका प्रमुखहरूको उपस्थितिमा मात्र कार्यक्रम सम्पन्न गर्नुपरेको जानकारी दिए।
प्रधानाध्यापक मरहट्टाले स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थी, सहयोगी साथीहरू र अभिभावकहरूको शुभकामनाप्रति आभार व्यक्त गर्दै विद्यालयले यो उचाइ हासिल गर्न उहाँहरूकै अतुलनीय माया र सहयोगले सम्भव भएको बताए। उनले भविष्यमा पनि सबै सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा गरेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्