Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

बाँकेमा डेंगु नियन्त्रण अभियान तीव्र

loading views..
Nepal Telcome

बाँके,१६ कार्तिक। नेपालगञ्ज उपमहानगरपालिकामा डेंगु रोगका बिरामीको संख्या बढ्दै गएपछि रोग नियन्त्रणका लागि तीव्र गतिमा अभियान सञ्चालन गरिएको छ। उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दका अनुसार हालसम्म तीन सय ४८ जना डेंगुका बिरामी फेला परेका छन्, जसमध्ये झन्डै आधा नेपालगञ्जका बासिन्दा छन्।
“डेंगुको जोखिम बढेकोले हामीले उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएका छौँ,” चन्दले भने।
अभियानको सुरुवात नेपालगञ्ज बसपार्क क्षेत्रबाट गरिएको छ। यस क्षेत्रलाई डेंगुको उच्च जोखिमयुक्त क्षेत्र मानिएको छ। बसपार्कमा रहेका ग्यारेज र यातायात व्यवसायीलाई पुरानो टायर जथाभावी नफाल्न आग्रह गर्दै नगरप्रमुख प्रशान्त विष्टले अभियानलाई सफल बनाउन सबै नगरवासीको सहयोग आवश्यक रहेको बताए।
उपमहानगरपालिकाका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ। अभियान अन्तर्गत पानी जम्ने स्रोतहरू जस्तै टायर, खाल्डाखुल्डी आदिलाई सफा गरेर लार्भा नष्ट गर्ने कार्य गरिनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link