Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

त्रिवेणी इन्टरनेशनलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

loading views..
Nepal Telcome

पोखरा,पुस १२गते। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिले विविएस प्रथम बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।
नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरिय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नु पर्नेमा जोड दिए ।
विद्यार्थीहरुका लागि विविएसको अध्ययन सकिएपछि संभावनाका चौतर्फी ढोका खुल्ने उल्लेख गर्दै, इन्टर्न पछि रोजगारीका लागि अवसरहरु सिर्जना गर्न आग्रह गरे । उनले व्यवस्थापन र लेखाको क्षेत्रमा जनशक्तिको अभाव रहेको उल्लेख गर्दै, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीका लागि अवसरहरु प्रसस्त रहेको बताए । अध्यक्ष गुरुङ्गले त्रिवेणी इन्टरनेशनल लेखनाथको नीजि क्षेत्रबाट संचालित उत्कृष्ट कलेज रहेको उल्लेख गरे ।
संचालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजबाट उत्पादित जनशक्तिले राज्यका विभिन्न निकायको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले गुणस्तरिय शिक्षाले विद्यार्थीको कलेज छाड्ने दरमा नियन्त्रण आउने उल्लेख गरे ।
कलेज प्रमुख यदुराज आचार्यले प्रविधिसँग अभ्यस्त बनाई व्यवस्थापन बिषयको अध्यापनका कारण स्नाकोत्तरसम्मको अध्ययनमा विद्यार्थीहरुको उल्लेख्य संख्या रहेको बताए ।
कलेजका एकेडेमिक सल्लाहकार प्रा.डा. इन्द्रप्रसाद तिवारीले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी जनशक्ति उत्पादनमा जोड दिए । उनले विविएसको अध्ययनपछि विद्यार्थी व्यापार देखी रोजगारका हरेक क्षेत्रमा अब्बल रहन सक्ने बताए ।
संचारकर्मी नवराज सापकोटाले +२ पछि विद्यार्थीहरुको बिदेशमा अध्ययनको मोह बढेको उल्लेख गर्दै, विद्यार्थीहरुलाई नेपालमै आकर्षण गर्न सक्ने समय अनुसारको पाठ्यक्रम र एकेडेमिक कोर्ष राख्नु पर्नेमा जोड दिए ।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कलेजमा विविएस तर्फ पहिलो बर्ष एकसय पचास भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त उक्त कलेज लेखनाथ क्षेत्रकै अग्रणी शैक्षिक क्षेत्रका रुपमा रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link