Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेपाली कम्युनिष्ट आन्दोलनको समस्या र समाधानमा बहस

loading views..
Nepal Telcome

पोखरा,पुस १ गते।मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखराको आयोजनामा आज सहिदपार्क स्थित घनश्याम कक्षमा नेपाली कम्युनिष्ट आन्दोलन: समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले नेपाली कम्युनिष्ट आन्दोलनले सामना गरिरहेका विभिन्न चुनौती र तिनका समाधानका उपायहरूबारे विस्तृत चर्चा गरेका थिए। उनले पार्टी एकता, वैचारिक स्पष्टता, जनतासँगको सम्बन्ध सुदृढीकरण जस्ता विषयहरूमा जोड दिएका थिए।
अवधारणा पत्रमाथि टिप्पणी गर्दै विभिन्न कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले आ-आफ्ना धारणा राखेका थिए। नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य खिमलाल देवकोटा, नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिव धनन्जय दवाडी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य केश बहादुर परियार, विप्लव नेतृत्त्वको नेकपाको केन्द्रिय सदस्य साबित्रा सि, राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, र नेकपा(एकीकृत समाजवादी) का केन्द्रिय सचिव श्रीनाथ बरालले आफ्ना विचार राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई अझै बलियो बनाउनका लागि विभिन्न सुझावहरू दिएका थिए।
उनीहरूले कम्युनिष्ट आन्दोलनमा देखिएका विभाजन, वैचारिक अन्योल, र पार्टीभित्रको अन्तरसंघर्ष जस्ता समस्याहरूलाई समाधान गर्नका लागि पार्टी एकता, वैचारिक स्पष्टता, जनतासँगको सम्बन्ध सुदृढीकरण, र क्रान्तिकारी कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link