Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी पुरस्कृत

loading views..
Nepal Telcome

पोखरा,माघ २५ गते। ज्येष्ठ नागरिकका हक अधिकारको पक्षमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्‍याए बापत गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन्।

शुक्रबार सम्पन्न ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पोखराको बाह्रौं वार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका अवसरमा उनलाई नगद र दोसल्लासहित सम्मान गरिएको हो।

२४ वर्षे पत्रकारिता यात्राको कदर

२४ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै भण्डारीले ज्येष्ठ नागरिकका विषयमा निरन्तर कलम चलाउँदै आएकी छन्। समाजले यही योगदानलाई कदर गर्दै उनलाई पुरस्कृत गरेको हो।

भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी निवर्तमान अध्यक्ष समेत हुन्। केही समयअघि उनी गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिस्ट्रार बन्न सफल भएकी थिइन्।

पुरस्कार पाउँदा खुसी

सम्मानपछि प्रतिक्रिया दिँदै भण्डारीले ‘ज्येष्ठ नागरिकको माझमा पुरस्कृत हुन पाउँदा खुशी लागेको’ बताइन्। साथै, उनले ज्येष्ठ नागरिकको हकहितका निम्ति आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

ज्येष्ठ नागरिक र बुहारीहरू पनि सम्मानित

कार्यक्रममा समाजमा उत्कृष्ट योगदान पुर्‍याएका ज्येष्ठ नागरिक र बुहारीहरूलाई पनि सम्मान गरियो।

कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयकी महाशाखा प्रमुख मुना अधिकारी थिइन्। नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरू कुसुमकेशव पराजुली, कृष्णप्रसाद बास्तोला, पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, वडा नं ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका महासचिव विष्णुप्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष रामजीप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

‘ज्येष्ठ नागरिक आवाज’ अंक ११ विमोचन

कार्यक्रमका क्रममा ‘ज्येष्ठ नागरिक आवाज’ पत्रिकाको ११औं अंक विमोचन समेत गरियो। कार्यक्रम ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link