Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरामा मोबाइल चोरी तथा ठगीका घटना वृद्धि, व्यवसायीहरू सचेत रहन अपिल

loading views..
Nepal Telcome

पोखरा, फागुन ७ गते। पछिल्लो समय पोखरामा मोबाइल चोरी तथा ठगीका घटनाहरू वृद्धि हुँदै गएका छन्। पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीले एक बिज्ञप्ति जारी गर्दै व्यवसायीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

संघका अनुसार, मोबाइल व्यापारको नाममा केही ठग समूहहरू सक्रिय भइरहेका छन्, जसले व्यवसायीहरूलाई झुक्याएर ठगी गर्ने प्रयास गरिरहेका छन्। यस्तै, नक्कली आईडी प्रयोग गरेर महँगो मोबाइलहरू लिने, पछि तिर्ने बहानामा सम्पर्क विहीन हुने तथा अनलाइन माध्यमबाट झुटा प्रचार गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको संघको भनाइ छ।

व्यवसायीहरूलाई सजग गराउन संघले आगामी फागुन १० गते बिहान १० बजे विशेष छलफल कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। कार्यक्रममा व्यवसायीको सुरक्षाका उपाय, डिजिटल मार्केटिङका जोखिम तथा ठगी नियन्त्रणबारे जानकारी गराइनेछ।

संघका अध्यक्ष चिन्तामणी खरेलले व्यवसायीहरूलाई उचित कारोबार प्रक्रिया अपनाउन, अवैध माध्यमबाट आउने ग्राहकहरूलाई पहिचान गर्न तथा आफ्नो व्यवसायको बीमा गर्न सुझाव दिएका छन्। साथै, ठगीमा परे तत्काल संघ वा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

पोखरामा मोबाइल चोरी तथा ठगी रोकथामका लागि संघले महानगरपालिका र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै थप प्रभावकारी कदम चाल्ने बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link