Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

तनहुँमा मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता बालकृष्ण पौडेलको मृत्यु

loading views..
Nepal Telcome

तनहुँ, फागुन २५ गते। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२, नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ।

पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी ५२ वर्षीय पौडेल गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि जिपी कोइराला अस्पताल पुर्‍याएको उहाँलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

इलाका प्रहरी कार्यालयले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link