Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा रक्तदान कार्यक्रम आयोजना गरिदै

loading views..
Nepal Telcome

काठमाडौं, चैत्र २५ गते । “रक्तदान गरौं, जीवनदान गरौं” भन्ने नाराका साथ सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले यही आउँदो चैत्र ३० गते, २०८१ सालको अन्तिम शनिबारका दिन खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरीको बुद्धमल परिसरमा आयोजना गरिने समितिका कोषाध्यक्ष कपिल भट्टले जानकारी दिनुभयो। नयाँ वर्ष २०८२ को स्वागत र पुरानो वर्ष २०८१ को बिदाइको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत गठन भएको समितिले सामाजिक उत्तरदायित्वअनुरूप रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहने छन्। प्रमुख अतिथिको रूपमा श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गर्ने विश्वास समितिले व्यक्त गरेको छ।

कोषाध्यक्ष भट्टका अनुसार, “यो कार्यक्रम सिर्जनशील गतिविधिका माध्यमबाट सामाजिक क्षेत्रमा योगदान दिँदै आइरहेको हाम्रो कमिटीको एउटा महत्वपूर्ण प्रयास हो।”

समितिका अर्का एक सदस्यले देश बिरामी भइरहेको वर्तमान अवस्थामा रक्तदान कार्यक्रम केवल सामाजिक सेवा मात्र नभई खबरदारी सभा समेत भएको उल्लेख गर्नुभयो। “हामी हाम्रो स्वच्छ रगत दिएर बिरामीहरूलाई निको पार्ने अभियानमा जुटेका छौं,” उहाँले भन्नुभयो।

गोरखा जिल्लाबाट काठमाडौंमा बसोबास गरिरहनुभएका सबैलाई कार्यक्रममा सहभागी हुन समितिले हार्दिक आमन्त्रणा गरेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link