Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका दुई दाजुभाइको मृत्यु

loading views..
Nepal Telcome

नवलपुर, वैशाख २७ गते। कावासोती नगरपालिका–११, लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाइ सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदिप पौडेलका अनुसार, लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै थिए। सो क्रममा सवारी चालकले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको थियो।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link