Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

समाजवादी पार्टी नयाँ शक्तिको पोखरा महानगर अधिवेशन सम्पन्न, तिलक तिवारी अध्यक्षमा निर्वाचित

loading views..
Nepal Telcome

पोखरा, वैशाख २७ गते। समाजवादी पार्टी नयाँ शक्ति (नेसपा) ले आज पोखरामा पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न गरेको छ। रेशम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज एवं गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्यहरू टिकाराम पौडेल, दुर्गा गुरुङ, कर्ण गुरुङ र राजेश आलेको उपस्थिति थियो। अधिवेशनले ९ जना पदाधिकारी सहित २५ सदस्यीय महानगर कार्यसमिति गठन गरेको नवनिर्वाचित सचिव विशाल तिमिल्सिनाले जानकारी दिनुभयो।

निर्वाचित पदाधिकारीहरूमा तिलक तिवारी अध्यक्ष, सरिता क्षेत्री र भगवान पहारी उपाध्यक्ष, विशाल तिमिल्सिना सचिव, डा. लक्ष्मण तिमिल्सिना सहसचिव र भुवानी भुगाईं कोषाध्यक्ष रहेका छन्।

नवनिर्वाचित अध्यक्ष तिवारीले पोखरा महानगरका हरेक जनजीविकासँग जोडिएका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै नागरिकप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link