Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा आउँदै

loading views..
Nepal Telcome

नवलपुर,बैशाख २८ गते।आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा अत्याधुनिक ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ। भोलि सोमबार हुने औपचारिक उद्घाटनपछि होटल सञ्चालनमा आउनेछ।

मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा अवस्थित सो होटलमा सुइट र डिलक्स कोठासहित ६५ वटा कोठा, एक हजार जनाको क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमजस्ता सुविधाहरू उपलब्ध छन्।

पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको इला होटल तथा रिसोर्टले नारायणी, देवघाट, त्रिवेणीजस्ता धार्मिक तथा प्राकृतिक स्थलहरूको गरिमा र महत्त्वलाई अझ उजागर गर्ने विश्वास गरिएको छ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको योजना अघि बढाएको छ। हालसम्म तीन प्रदेशमा केबलकार सञ्चालनमा आइसकेको छ भने दुईवटामा होटलसहितका परियोजनाहरू सञ्चालनमा आइसकेका छन्।

त्यस्तै, लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया सुरु भइसकेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार एकसाथ निर्माणको चरणमा छन्। आगामी एक वर्षभित्र उक्त स्थानमा केबलकार सञ्चालनमा आउने र त्यसपछि होटल तथा रिसोर्ट पनि सञ्चालनमा ल्याइने योजना छ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा पनि केबलकार निर्माण प्रक्रिया अघि बढाइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link